दुइ महिना पछि पनि छावाले टक्कर दिदैँछ सलमानको सिकिन्दरलाई

सन्नी देओलको जाटको आगमनसँगै छावाको कलेक्शन नराम्ररी घटने भन्दै यो फिल्मले बक्स अफिसलाई अलविदा गर्ने अनुमान पनि गरिएको थियो । तर, त्यसो हुन सकेको छैन र छावाले अहिले पनि दैनिक लाखमा दोहोरो अंक कमाइरहेको छन् । शुक्रबार जाट र सिकन्दरको सङ्कलन घटदा पनि छावाले भने आफ्नो पकड बलियो राखिरहेको छ ।
सैकनिल्कको रिपोर्ट अनुसार छावाले रिलिजको ५७ औं दिनमा हिन्दी भाषामा बक्स अफिसमा एकै दिन करिब २३ लाख रुपैयाँ कमाएको छ भने उता सलमान खानको सिकन्दरको १३ औँ दिनमा नै करिब ३० लाख रुपैयाँ कमाई भएको छ । घरेलु बक्स अफिसमा छावाको कलेक्सन करिब ६०४ करोड रुपैयाँ पुगिसकेको छ ।
छावाले अहिलेसम्म कैयौं ठूला कीर्तिमान बनाएका छन् । यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म हो भने अर्कोतर्फ यो बक्स अफिसमा सबैभन्दा धेरै कमाई गर्ने हिन्दी सिनेमाको सातौं फिल्म बनेको छ । यस बाहेक लाइफटाइम कलेक्शनको मामिलामा छावाले सन्नी देओलको गदरः२, सलमान खानको सुल्तान, श्रद्धा कपूरको स्त्रीः२ लगायत धेरै ठूला फिल्महरूलाई पछाडी पारिसकेको छ ।
तर, यसपछि पनि विक्की कौशलको फिल्म छावाले सन्तुष्ट हुन सकेको छैन किनभने अहिले यो फिल्म अर्को ठूलो कीर्तिमानतर्फ अघि बढिरहेको छ । यो फिल्मले ५७ दिनमा हिन्दीमा ५८४ करोड रुपैयाँ कमाएको छ । हिन्दी भाषामा ६०० करोडको क्लबमा सामेल हुन छावाले अब १६ करोड मात्र कमाउन बाँकी रहेको छ । तर, विश्वभर छावाको कमाई ८०० करोड पुगेको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया