नेपाल प्रहरीका पुर्व आईजीपी राणाको निधन

नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।
सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । उनको छोरा दीप शमसेर जबरा नेपाल प्रहरीका एसएसपी पदमा कार्यरत रहेका छन्। राणा नेपाल प्रहरीको संगठन प्रमुख हुँदा रौतहटका सैयौं युवाहरु नेपाल प्रहरीमा भर्ना भएका थिए।

कपाल चम्किलो र लामो बनाउने ९ उपाय

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजदेखि नयाँ वर्ष २०८२

इश्वर पोख्रेल पक्राउ

डढेलोले एक सय हेक्टर वन नष्ट

फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत

‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

प्रतिक्रिया