फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत

बुटवल- नेपाल आदिवासी जनजाति पत्रकार संघ -फोनिज_ को अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।जसअनुसार लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।
उता, खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ भने निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो ।
साथै, १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको फाेनिजले जनाएकाे छ । गत चैत २९ गते उदघाटन भएकाे साे महाधिवेसन नयाँ नेतृत्व चयनसँग सम्पन्न भएकाे छ ।
प्रतिक्रिया