शिक्षकको माग पूरा गर्न सरकारको ध्यान जावसः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् । नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका हुन् ।
उनले शिक्षकहरुको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरु पनि तयार हुनुपर्ने प्रस्ट पारे ।
त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको धारणा राखे । अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उनले बताए । उनले कांग्रेसको विधान पनि समावेशी समानुपातिक प्रकारको रहेकाले पार्टीमा सवैको प्रतिनिधित्व रहेको धारणा राखे ।

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री राणा

'ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन'

'ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन'

जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्वः राष्ट्रपति पौडेल

के हुनुपर्छ नयाँ वर्षमा राजनीतिक सङ्कल्प ?

प्रदेशसभामा प्रधानमन्त्री ओलीले गरिरहेकाे सम्बोधनमा उपेन्द्रको आपत्ति

प्रतिक्रिया