मंगलबार ०२ बैशाख, २०८२
Tuesday, April 15, 2025

इश्वर पोख्रेल पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर ठगी गर्ने इश्वर पोख्रेल र ख्याम खड्का पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्थायी ठेगाना मोरङ् ग्रामथान गाउँपालिकाका तथा हाल काठामाडौँ महानगरपालिका ३० बस्ने २३ वर्षीय इश्वर पोख्रेल र इलाम चुलाचुली गाउँपालिका ३ तथा हाल काठमाडौँ महानगरपालिका २९ बस्ने ३५ वर्षीय ख्याम खड्का पक्राउ परेका हुन् ।

खड्काले बेलायत पठाइदिन्छु भनेर दुई जनालाई ३६ लाख रुपैयाँ र पोख्रेलले क्यानडा पठाइदिन्छु भनी १० लाख ५१ हजार रुपैयाँ लिएर ठगी गरेको अनुसन्धान कार्यालयले बताएको छ ।

थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाइएको छ ।