मंगलबार ०२ बैशाख, २०८२
Tuesday, April 15, 2025

मन्त्रालयमा अझै पुगेनन् दर्ता गर्न फेसबुक, एक्स र इन्स्टाग्राम

काठमाडौँ- सामाजिक सञ्जाल  फेसबुकएक्स र इन्स्टाग्रामले नेपालमा दर्ता गर्न कुनै चासो नदिएको पाइएको छ । यसअघि मन्त्रालयले चैत ७ गते नेपालमा सञ्चालित फेसबुक,एक्स र इन्स्टाग्रामलाई दर्ता गरेर मात्र सञ्चालनमा ल्याउन सूचना जारी गरेर अनुरोध गरेको थियो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार कुनै पनि सामाजिक सञ्जाल दर्ता गर्न लागि आएका छैनन् । दुई जना मानिस मौखिक रुपमा बुझ्न आएका छन् ।

नेपालमा दर्ता गर्न भनेर कुनै पनि सामाजिक सञ्जाल मन्त्रालयमा आएका छैनन्,’  प्रवक्ता ठाकुरले भने,’ कानुन अनुसार दर्ता भएनन् भने नेपालमा फेसबुक लगायतका अन्य सोसल साइट बन्द हुन्छ ।

सरकारले जारी गरेको समय अझै केही बाँकी छ । समयावधिमा दर्ता नभएमा सरकारले आवश्यक निर्णय गर्न सक्ने उनले बताए ।

झण्डै दुई साताअघि जारी गरेको सूचनामातोकिएको समयभित्र सूचीरकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्दे्शिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्‍ने व्‍यहोरा समेत जानकारी गराइन्छ,’ भनिएको छ ।