लामिछानेको मुद्धामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ ।
लामिछानेले गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दिएका थिए । उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो ।
सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालतले दिएको आदेशविरुद्ध लामिछाने निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए ।

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रतिक्रिया