मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

आर्थिक उन्नयनको मार्ग देशलाई अग्रसर गराउन सरकार क्रियाशील छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देशलाई राजनीतिक रुपमा स्थिर बनाएर आर्थिक उन्नयनको मार्गमा अग्रसर गराउन वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्।

राइनास नगरपालिका–२ स्थित भलायखर्क स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका उनले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए।

विगतमा सरकार अस्थिर हुँदा विकास–निर्माणका काम रोकिएका, समयानुकूल ऐननियम नहुँदा प्रक्रियागत एवं संरचनागत सुधार हुन नसकेकाले ती सबै वेथिति बिसाउँदै वर्तमान सरकार जनताका विकासका चाहना पूरा गर्ने प्रयासमा लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बताए।

उनले भने, ‘विगतमा भएका त्रुटि सच्च्याएर अघि बढेका छौँ, विकृति र विसङ्गतिका फोहर फालेर अघि बढ्नुपरेकाले नयाँ काममा केही ढिला भएको जस्तो देखिएको हो।’

फरक प्रसङ्गमा उनले वर्तमान शिक्षा प्रणाली अव्यावहारिक भएको र ग्रामीण भेगमा विद्यार्थी सङ्ख्या पनि न्यून रहेकाले त्यसको सुधार गर्दै व्यवहारिक तथा प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने बताए।

उनले अघिल्लो सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धराशायी भएको, औद्योगिक उत्पादन बन्द भएकाले राष्ट्रलाई असफल हुनबाट जोगाउन कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपरेको बताउनुभयो। वर्तमान गठबन्धन २०८४ सालसम्म कायम रहने बताए।

स्वास्थ्योपचारलाई सर्वसुलभ बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उनको भनाइ थियो। जटिल रोगको उपचार र शल्यक्रिया देशभित्रैका अस्पतालमा सम्भव बनाउने दिशामा काम भइरहेको उल्लेख गर्दै उनले नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

उक्त उद्घाटन कार्यक्रममा वडाध्यक्ष लक्ष्मण शाहीको अध्यक्षता थियो भने अतिथिहरु राइनास नगरपालिका प्रमुख खडक गुरुङ, संविधानसभा सदस्य जमीन्द्रमान घले, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, विभिन्न जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। रासस

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिवडा

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ : मनिष झा

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता