युक्रेनको सुमीमा रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ८४ जना घाइते
सुमी, युक्रेन- युक्रेनको उत्तरपूर्वी सहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको छ भने ८४ जना घाइते भएका छन् ।
सुमी सहर पछिल्ला केही सातादेखि लगातार रूसी आक्रमणको सामना गरिरहेको छ ।
स्थानीय अधिकारीहरूले घाइतेहरूमा १० जना बालबालिका पनि रहेका जनाएका छन् । घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेष हटाउने काम गरिरहेका छन् । केही सवारी साधनमा आगलागी भएको र सडकमा लासहरू देखिएको भिडियो सार्वजनिक गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमण ‘पाम सन्डे’ को दिन भएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले युद्ध अन्त्यका लागि रुसमाथि अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताए ।
फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र अन्य युरोपेली नेताहरूले पनि यस आक्रमणको आलोचना गर्दै रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको बताएका छन् ।
यसअघि अप्रिलको सुरुमा पनि युक्रेनको क्रिभी रिह सहरमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको थियो ।
रुसले हालै सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको दाबी गरेको छ । युद्धको सुरुआतमा पनि रुसले यही क्षेत्रबाट आक्रमण थालेको थियो तर पछि युक्रेनी सेनाले केही भागहरू फिर्ता लिएको थियो ।
अहिलेसम्म रुसले सुमीमा भएको यो आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । (एएफपी)

'पुटिन युक्रेनसँग स्थायी शान्ति सम्झौताका लागि तयार'

इरानमा ८ पाकिस्तानीको निर्ममतापुर्वक हत्या

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

गाजा युद्ध अन्त्य गर्न र बन्धकहरूलाई फिर्ता गर्न आग्रह

कर वृद्धिमा कुनै पनि देशलाई छाड्दैनौँ : राष्ट्रपति ट्रम्प
निर्यात १२.४ प्रतिशतले वृद्धि भयो : चीन

युरोपेली संघबाट प्यालेस्टिनी जनताका लागि नयाँ आर्थिक सहायता घोषणा

प्रतिक्रिया