बंगलादेशी पासपोर्टमा ‘इजरायल बाहेक’ उल्लेख गर्न निर्देशन

ढाका- बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न निर्देशन जारी गरिएको छ।
बंगलादेशका गृह मन्त्रालयका उपसचिव निलिमा अफरोजले हस्ताक्षर गरेको सूचनामा सो जानकारी दिइएको हो ।
सूचनामा यस्तो लेखिएको छ, ‘माथिको कुरालाई ध्यानमा राख्दै, तपाइँलाई पहिले अभ्यास गरिए जस्तै, उचित प्रक्रिया पछ्याउँदै, बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न आवश्यक कदम चाल्न अनुरोध गरिन्छ।’
‘यो राहदानी इजरायल बाहेक विश्वका सबै देशका लागि मान्य छ’ भन्ने वाक्यांश पहिले बंगलादेशी राहदानीहरूमा छाँपिदै आएको थियो । तर, अन्तर्राष्ट्रिय राहदानी ढाँचाको मापदण्डहरूको पालनालाई उद्धृत गर्दै अवामी लीगको सरकारको कार्यकालमा भने सच्चाउँदै २०२१ मा ‘इजरायल बाहेक’ शब्दहरू हटाइएको थियो ।
तर, अहिले फेरि बंगलादेशी राहादानीमा ‘इजरायलबाहेक’ भन्ने वाक्यांश थप्न निर्देशन दिइएको हो ।

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया