मंगलबार ०२ बैशाख, २०८२
Tuesday, April 15, 2025

अजय देवगनले छाडेका दुई फिल्मबाट नै सुपरस्टार भएका थिए शाहरूख

मुम्बई- बलिउडका ‘सिंघम’ अजय देवगन ९० को दशकका स्टार हुन्, जो शाहरुख खान, सलमान खान, अक्षय कुमार र आमिरको पालामा पर्दामा देखा परेका थिए। ९० को दशकका यी सबै स्टारहरूको तुलनामा अजय देवगनको डेब्यू सबैभन्दा शक्तिशाली र हिट रहेको थियो।

अजयले सन् १९९१ मा एक्सन रोमान्टिक फिल्म ‘फूल और काँटे’ बाट बलिउडमा प्रवेश गरेका थिए । चलचित्रका गीत र दुई मोटरसाइकलमा उभिएका कलाकारको एक्शन आज पनि उत्तिकै चर्चित रहेको छ । 

अर्को वर्ष अजयले मार्शल आर्ट फिल्म ‘जिगर’ गरे, जुन सुपरडुपर हिट भयो र त्यसपछि उनको करियर नै स्थापित भयो। अजय बलिउडमा तीन दशकभन्दा बढी भइसकेका छन् र यस अवधिमा अभिनेताले ब्लकबस्टर साबित भएका धेरै फिल्महरू अस्वीकार गरेका छन्, जसमध्ये शाहरूख खानको भाग्य चम्किएका दुइ फिल्म पनि यसमा समावेश छन् । आउनुहोस्, जानौं अजयले छाडेका फिल्महरूका बारेमा, जोबाट अरू अभिनेता सुपरडुपर हिट हुन पुगेका थिए । तर, अजयकाे श्रीमती काजोलसँग खेलेका सबै फिल्महरू दिलवाले दुल्हनीय ले जायंगे, कुछ कुछ होता है जस्ता फिल्मबाट शाहरूखले निकै लोकप्रियता कमाउन सफल भए ।

डर (१९९३)
सन्नी देओल र शाहरुख खान अभिनित उत्कृष्ट फिल्म डरलाई भुल्न गाह्रो छ । यसमा शाहरुखको भूमिका निकै खतरनाक र डरलाग्दो थियो, जुन यसअघि अजयलाई अफर गरिएको थियो । ९० को दशकमा उदीयमान कलाकारहरूले नकारात्मक भूमिका गर्नबाट टाढै रहन्थे तर शाहरुखले यसमा च्यालेन्ज लिइदिए । किनभने, उनमा अभिनयमा प्रतिभा छ भने नकारात्मक भूमिका खेलेर पनि हिट बन्न सक्ने उनले प्रमाणित गरिदिए ।

करण अर्जुन (१९९५)
ब्लकबस्टर फिल्म ‘करण अर्जुन’ राकेश रोशनको करियरको एक कल्ट क्लासिक फिल्म हो। यो पहिलो पटक हो, जब शाहरुख र सलमान खान पर्दामा एकसाथ आएका थिए । शाहरुखले अर्जुनको भूमिका निभाएका थिए भने सलमानले करणको भूमिका निर्वाह गरेका थिए । करणको भूमिकाका लागि राकेश रोशनले सबैभन्दा पहिले अजयलाई रोजेका थिए । अजयले फिल्मको स्क्रिप्ट बलियो नभएको भन्दै अस्वीकार गरेका थिए ।

कुछ(कुछ होता है (१९९८)
करण जोहरलाई फिल्म ‘कुछ कुछ होता है’ मा विशेष भूमिकाका लागि विशेष कलाकारको आवश्यकता थियो । करण जोहरले यो भूमिकाका लागि सबै कलाकारसँग सम्पर्क गरे तर सलमानलाई भने भेटेनन् । पछि सलमान आफैंले करणलाई फोन गरेर भने, ‘अझ खोज्न बाँकी छ कि आज जानुपर्छ ?’ यसबाट करण जोहर निकै खुसी भए । सलमानले अमन वर्माको भूमिका पाएका थिए, जसलाई अजय देवगनलगायत धेरै चर्चित कलाकारहरूले अस्वीकार गरिदिएका थिए। सबैभन्दा खुसीको कुरा यो थियो कि यस फिल्मको सपोर्टिङ रोलका लागि सलमानले फिल्मफेयर अवार्ड पनि पाएका थिए ।

सूर्यवंशम (१९९९)
हरेक हप्ता टिभीमा प्रसारण हुने अमिताभ बच्चन स्टारर फिल्म ‘सूर्यवंशम’ मा भानु प्रतापका छोरा हीरा ठाकुरको भूमिका सबैभन्दा पहिले अजय देवगनलाई अफर गरिएको थियो तर ‘सिंघम’ले यो भूमिका गर्न अस्वीकार गरेपछि अमिताभले आफ्नै छोराको भूमिका निभाएका थिए । फिल्म फ्लप भयो तर टिभीमा बारम्बार देखिने कारणले यो फिल्म निकै चर्चित भएको छ, जसमा मिम्स पनि धेरै बनेका छन् ।

बाजीराव मस्तानी (२०१५)
सञ्जय लीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’ एक हिट फिल्म हो, जसमा रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपडाले काम गरेका थिए। तर मिति र पटकथामा केही समस्या आए पछि अभिनेता अजय देवगनले यो फिल्म गर्न अस्वीकार गरेका थिए ।

पद्मावत (२०१८)
‘बाजीराव मस्तानी’ पछि सञ्जय लीला भन्सालीले फेरी पनि अजय देवगनलाई फिल्म ‘पद्मावत’ मा महत्त्वपूर्ण भूमिकाको अफर गरेका थिए । यसअघि अजय देवगनलाई अफर गरिएको फिल्ममा शाहिद कपूरले महरवाल रतन सिंहको भूमिका निभाएका थिए। ‘सिंघम’ लाई भने यो पात्र मन परेन । तपाईलाई भनौं, पद्मावत भन्साली परिवारको हिट फिल्म मध्ये यो पनि एक हो।