ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ- ओमानले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालसामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट माथिल्लो मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको हो ।
ओमानका लागि जीत व्रजेश शाहले ७८ बलमा ६ चौकको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे भने सिद्धार्थ सौम्य शंकरले १६, प्रतिश रमेशले १० रन बनाए ।
नेपालका लागि युवराज खत्रीले सर्वाधिक पाँच विकेट लिएका थिए । यसैगरी सन्तोष यादवले दुई तथा अपराजित पौडेल, अशोक धामी र दयानन्द मण्डलले समान एक एक विकेट लिए ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ लुईस पद्धति ९डिएलएस० का आधारमा पाँच रनले पराजित गरेको थियो ।
यता ओमान पहिलो जितको लक्ष्यमा छ । ओमानले पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटको हार बेहोरेको थियो ।

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

प्रतिक्रिया