मंगलबार ०२ बैशाख, २०८२
Tuesday, April 15, 2025

प्रदेशसभामा प्रधानमन्त्री ओलीले गरिरहेकाे सम्बोधनमा उपेन्द्रको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गएर गरिरहेको सम्बोधन प्रति जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । प्रदेश सभा सदस्य नै नभएको ब्यक्तिले कुन हैसियतमा प्रदेश सभामा सम्बोधन गरिरहेको हो ? भन्दै ओलीको पछिल्लो सम्बोधन प्रति उनले आपत्ति जनाएका हुन् 

'प्रदेशसभाको सदस्य नै न भएको ब्यक्ति,  केवल प्रधानमन्त्रीको हैसियतले मात्र प्रदेश सभाहरुलाई सम्बोधन गर्ने चलन र परम्परा कुनै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था भएको मुलुकमा देखिदैन ्र सङघीय संसदमा अन्य मुलुकबाट आएका सम्माननीय राजकीय अतिथिले सरकार र सभामुख को अनुमतिप्राप्त भए पछि मात्र विशेष सम्बोधन गर्ने चलन रहेका छन्,’ यादवको सार्बजनिक टिप्पणी छ, ‘नेपालको प्रधानमन्त्री प्रदेशसभाहरुमा गई सम्बोधन गर्नु सङघीय गणतन्त्र कै उपेक्षा ,उपहास र अवमुल्यन गर्नु हो ।’

उनको थप प्रश्न रहेको छ, ‘सङ्घीयतालाई कार्यन्वन नै नगर्ने, प्रदेसलाई अधिकार, श्रोतसाधन र जनशक्ति बिहीन र कमजोर पार्दै, अन्त्यमा सङ्घीय गणतन्त्रलाई नै समाप्त गर्ने षड्यन्त्र हो की ? अज्ञानता हो या सत्ताको दम्भ हो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुल्य, मान्यता , सिद्धान्न्त र आदर्श विपरित कार्य किन ? यो सम्बोधन को उद्देश्य के हो ?’