'ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन'

नेकपा एमाले पुर्व राजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते भएकाे राजावादी प्रदर्शनमा भएकाे हिंसामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी नलिएकाे जनाएकाे छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उत्तिकै आक्रामक देखिएको एमालेले उनैले ताेकेकाे कमाण्डरका कारण साे अप्रिय घटना भएकाे भन्दै जिम्मेवारी लिनु पर्नेसमेत जिकिर गरेका छन ।
भर्खरै सम्पन्न सचिवालयको बैठकमा पुर्व राजा शाहले ‘नेपाली जनतामा जागरण आएको’ भन्ने सन्देश प्रति असहमति जनाउँदै नेता प्रदिप ज्ञवालीले भने, 'उनैले ताेकिएकाे कमाण्डरकाे नेतृत्वमा तीनकुनेमा अप्रिय घटना घटयाे, त्यसमा १५ दिनपछि दुःख ब्यक्त गरे तर जिम्मेवारी भने लिएनन ।'
उनले चयन गरेका कमाण्डरहरू ठिक नभएकाे पनि ज्ञवालीकाे टिप्पणी रहेकाे छ। ‘उहाँ (शाह)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नु भयो, के सरकारी कार्यालय माथी भएको आक्रामणलाइ जागरण भन्न मिल्छ ? कुनै पनि अर्थमा अब लोकतान्त्रिक गणतन्त्रको बिकल्प स्विकार्य हुन सक्दैन, यो गति अघि बढी सक्यो,’ ज्ञवालीले भने ।

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति यादव

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री …

सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिन्छ : प्रधानमन्त्री ओली

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

प्रतिक्रिया