इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार महिला पक्राउ

विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा फरार प्रतिवादी महिला पक्राउ परेकी छिन् । गोरखा, गोरखा नगरपालिका–६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार पक्राउ परेकी हुन । इन्टरपोलबाट रेड नोटिस जारी भएकाएनसिबि काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

प्रतिक्रिया