गायक छविराजको ‘कि सिधै नो भन्देउ’ गीतले डिजीटल प्लेटफर्ममा चर्चा कमाउँदै (भिडियोसहित)

काठमाडौं - गायक छविराज सुनको ‘कि सिधै नो भन्देउ’ को बोलको गीत संगीत बजारमा सार्वजनिक भएको छ । गत शुक्रबार सार्वजनिक भएको उक्त गीत युट्युव, टिकटक लगायतका डिजीटल प्लेटफर्ममा माहोल बनाइरहेको छ ।
चर्चित गायिका शान्तिश्री परियार र गायक छविराजले आवाज भरेको उक्त सर्जक नेत्र अर्यालले शब्द सृजना गरेका हुन् । यसमा संगीत भने नन्दु परियारको छ भने एचबिएन किस्मतको संगीत संयोजनमा रहेको विनोद भन्डारीद्वारा निर्देशिक भिडियोको उक्त गीतको भिडियोमा भने चर्चित नायक पल शाह, जुना विश्वकर्मा लगायतकालाई देख्न सकिन्छ ।
यसअघि अघि पनि गायक सुनारले ‘लामलाम पिरती’ बोलको गीत बजारमा ल्याएका थिए । जुन, अत्याधिक रुचाइएको थियो । डिजीटल प्लेटफर्महरुमा एक समय निकै राज पनि गरेको थियो । उक्त गीतमा नायक प्रकाश सपुत, दिलिप रायमाझी, करिष्मा मानान्धर, प्रिज्मा खतिवडा लगायतको मुख्य अभिनय रहेको थियो ।
उक्त गीतबाट गायक छविराजलाई निकै सफलतासहित लोकप्रिय बनेका छन् । हाल अमेरिका निवासी छाविराज आफ्नो नयाँ कोशेली पनि दर्शकले रुचाउने बताउँछन् । निकै चर्चित अनुहार पनि गीतमा जोडिएकाले हाल ‘कि सिँधै नो भन्देउ’ बोलको गीतले पनि राम्रै दर्शक पाएको देखिन्छ । यो समाचार तयार गर्दासम्म गीतले साढे २ लाख बढी पटक हेरिएको छ ।

गायिका सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’

शाहरूख खानले पाए २ लाखको पुरस्कार

सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो, बक्स अफिसमा सुपरफ्लप

डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

'एकै पलको माया’ बोलको गीतमा करिश्माको अभिनय

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

प्रतिक्रिया