युरोपेली संघबाट प्यालेस्टिनी जनताका लागि नयाँ आर्थिक सहायता घोषणा

लक्जेम्बर्ग- युरोपेली सङ्घले सोमबार प्यालेस्टिनी जनतालाई सहयोग गर्न एक अर्ब ६० करोड युरो बराबरको नयाँ आर्थिक सहायता घोषणा गरेको छ । यो सहयोग तीन वर्षको अवधिमा दिइनेछ ।
यो घोषणा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र युरोपेली विदेश मन्त्रीहरूबीचको बैठकको अघिल्लो दिन गरिएको हो ।
“हामी प्यालेस्टिनी जनताको साथमा छौँ । यो सहयोगले सन् २०२७ सम्म पश्चिमी किनारा र गाजाको अवस्था सुधार गर्न मद्दत गर्नेछ,” युरोपेली सङ्घको विदेश नीति प्रमुख काया कालासले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
गाजामा युद्ध फेरि सुरु भएपछि युरोपेली सङ्घले प्यालेस्टिनी प्रशासनलाई सहयोग बढाउने निर्णय गरेको हो ।
यस सहयोग अन्तर्गत, प्यालेस्टिनी प्रशासनलाई सिधै ६२ करोड युरो बराबरको अनुदान दिइनेछ । यो सहयोगले शासन प्रणाली सुधार, आर्थिक विकास, पूर्वाधार निर्माण जस्ता काममा सहयोग पुर्याउनेछ ।
अर्कोतर्फ, ४० करोड युरो बराबरको ऋण पनि युरोपेली लगानी बैङ्कमार्फत उपलब्ध गराइनेछ ।
यो नयाँ सहयोग अघिल्लो सन् २०२१ देखि २०२४ सम्मको एक अर्ब ३६ करोड युरो बराबरको सहयोग योजनाको निरन्तरता हो । (एएफपी)

म्याक्रोँले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

गाजामा भएको इजरायली हमलामा २५ जनाको मृत्यु

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

बेलायत देखियो कोरोनाको नयाँ भेरियन्ट, संक्रमितको संख्या ४.५ प्रतिशतले बढ्यो

भारतमा प्रत्येक दिन औसत ५२ गर्भवतीको मृत्यु

युक्रेनलाई ४ भागमा विभाजन गराउने अमेरिकी केलोगको ‘फोर जोन’ योजना

लेबनानमा इजरायली आक्रमणः दुईको मृत्यु, हिजबुल्लाह लडाकु मारिएको इजरायलको दा…

प्रतिक्रिया