वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

तिलोत्तमा (रुपन्दहेही)- यहाँको तिलोत्तमा–२ स्थित शङ्करनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।
नयाँ वर्ष २०८२ को दिन वनवाटिकामा दर्शकको घुइँचो बढेको हो । नेपालका एक सय पर्यटकीय गन्तव्यमध्येमा परेको यस वनवाटिकामा पछिल्लो समय थपिँदै गएका पर्यटकीय संरचनाका कारण पर्यटकको आकर्षण बढेको छ ।
यहाँ गत चैतबाट ‘द थ्रिल एडभेन्चरको स्काई साइक्लिङ’, ‘जीपलाइन’, ‘जाइन्ट स्वीङ’, बाल उद्यान, ‘फाउण्टेन’, शान्त मनोरम दृश्य, प्राकृतिक हरियाली, ‘पिकनिक स्पट’का साथमा खुला क्षेत्र भएकाले वाटिकाको आकर्षण बढेको वाटिकाका अध्यक्ष खिमलाल पाण्डेले बताए । नयाँ वर्षको दिन यहाँ १९ हजार बढी आन्तरिक पर्यटक आएको अध्यक्ष पाण्डेको भनाइ छ ।
सोमबार ३० भन्दा बढी पिकनिक स्टल बुकिङ भएका थिए । वाटिकामा रु ५० टिकट शुल्क तोकिएको छ । १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाका लागि निःशुल्क गरिएको वाटिकाका कोषाध्यक्ष मनिराम भट्टराईले बताए ।
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_iREZ3Cczd0_ahffsylnyd6yhgdvvgipqrcnsrxfoamcngodvjngdi8qbbnilicqpfaflwyz.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

प्रतिक्रिया