इरानमा ८ पाकिस्तानीको निर्ममतापुर्वक हत्या

काठमाडौँ- इरानमा आठ पाकिस्तानी मारिएपछि इस्लामाबादमा पनि हलचल मच्चिएको छ।
पाकिस्तान सरकारले एक विज्ञप्ति जारी गर्दै दक्षिण पूर्वी इरानमा ८ पाकिस्तानी नागरिकको निर्ममतापूर्वक हत्या गरिएको जनाएको छ। मृतकको अझै सनाखत हुन सकेको छैन ।
यसरी मारिनेमा सबै सिस्तान–बलुचेस्तान प्रान्तको मेहरस्तानमा मारिएका हुन । यो क्षेत्र पाकिस्तानको सीमासँग जोडिएको छ । पाकिस्तानले आफ्नो विज्ञप्तिमा तेहरानस्थित पाकिस्तानी दूतावास र जाहिदानस्थित वाणिज्य दूतावासले हत्याको अनुसन्धान गर्न इरानी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ। सबैको शव फिर्ता पठाइँदैछ।
मृतकको परिचय भने खुल्न सकेको छैन् । उनीहरूको हत्याको कारण पनि खुल्न सकेको छैन् । पाकिस्तानले जानकारी पाउने बित्तिकै सेयर गरिने बताएको छ। गत वर्ष पनि यस्तै घटना बाहिर आएको थियो ।
त्यसपछि इरानले पाकिस्तानमा रहेको जैश अल अदल समूहका आतंककारीमाथि हमला गरेको बताएको थियो । जवाफमा पाकिस्तानले इरानमा पृथकतावादी बलुच लिबरेसन फ्रन्ट र बलुच लिबरेशन आर्मीको स्थानमा आक्रमण गरेको बताएको थियो।
यी सबै आतंकवादी समूह पाकिस्तानको बलुचिस्तान र इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा सक्रिय छन्। दुवै क्षेत्र आतंकवादबाट प्रभावित छन्।

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया