बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय  गरेको छ  । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो । 

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । 

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।