शिक्षकका समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न माग

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरुसँग वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो ।
‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको भन्दै आयोगले त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै हुन्छ । तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो । विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको छ ।’
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । तर सरकारले उनीहरुका मागका सम्बन्धनमा ठोस निर्णय गरेको छैन । आन्दोलनका कारण उपत्यकाको सवारी आवागमनसमेत प्रभावित भएको छ ।

तेस्रो पटक जिब्रो छेडेर महाद्विप बोक्दै टोलटोल घुमे बोडेका २८ वर्षीय सुजन

नेपालमा ‘अन्तर्राष्ट्रिय वातावरणीय पेशाविद दिवस’ मनाइयो

ब्यूरोले एआईमार्फत सामाजिक सञ्जालबाट चरित्रहत्या गर्नेलाई सार्वजनिक कारबाही ग…

विमानस्थलबाट गाँजासहित एक पक्राउ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस्

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया