पाकिस्तानबाट ६० हजार भन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

काबुल- पाकिस्तानले पछिल्ला १३ दिनमा झण्डै ६० हजार अफगान नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ( आईओएम) ले जानकारी दिएको छ ।
आईओएमका अनुसार सन् २०२५ अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट धेरै अफगान नागरिक अफगानिस्तान फर्किएका छन् ।
सङ्गठनले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ । सन् २०२३ सेप्टेम्बर यता पाकिस्तान र इरानबाट करिब २४ लाख ३० हजार अफगान नागरिकहरू फर्किसकेका छन्, जसमा धेरैजसोलाई स्वेच्छाले नभई बाध्य भएर फर्कनु परेको बताइएको छ ।
पाकिस्तान सरकारले सन् २०२५ भित्र करिब ३० लाख अफगान नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ ।
हाल करिब ७० लाख अफगान नागरिक विदेशमा बसोबास गरिरहेका छन्, जसमा अधिकांश पाकिस्तान र इरानमा छन्। तीमध्ये धेरैजसोसँग आवश्यक कागजातहरू छैनन् । (सिन्ह्वा)

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया