आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ- आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ ।
यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

नेप्से परिसूचक सात अंकले बढ्यो, पाँच कम्पनीको मूल्यमा सकरात्मक सर्किट

सुन तोलाको एक लाख ८७ हजार पुग्यो

नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

प्रतिक्रिया