गाजामा चरम मानवीय संकट सबैभन्दा खराब

न्युयोर्क- मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसिएचए) ले सोमबार गाजाको मानवीय अवस्था सन् २०२३ अक्टोबरमा घेराबन्दी गरिएको इलाकामा इजरायली आक्रमण सुरु भएदेखि मानवीय सहायतामा निरन्तर नाकाबन्दीबीच ‘सम्भवतः सबैभन्दा खराब’ भएको बताएको छ ।
आफ्नो पछिल्लो बयानमा ओसिएचएले डेढ महिनादेखि कुनै पनि सहायता ढुवानी गाजामा प्रवेश नगरेको कुरा प्रकाश पार्दै भनेको छ, “युद्ध सुरु भएदेखि विगत १८ महिनामा मानवीय अवस्था सम्भवतः सबैभन्दा खराब भएको छ ।”
इजरायलले मार्च २ देखि मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ र गाजामा प्रवेश गर्ने सबै सीमा बन्द गरेको छ । दुई महिनाको युद्धविरामपछि मार्च १८ मा सैन्य कारबाही पुनः सुरु भएको छ ।
ओसिएचएले क्रसिङहरू बन्द र आन्तरिक आवागमन प्रतिबन्धका कारण आपूर्तिको गम्भीर अभावले अधिकारीहरूलाई मापन र रासन सहायता वितरण गर्न बाध्य पारेको पनि उल्लेख गरेको छ । (क्युएनए)

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया