विद्युत् सवारीको ब्याट्री सुरक्षा नियममा चीनको नयाँ पहल
बेइजिङ- चीनले विद्युत् सवारीसाधन (इभी) मा प्रयोग हुने ब्याट्रीको सुरक्षासम्बन्धी नयाँ अनिवार्य राष्ट्रिय मापदण्ड सन् २०२६ जुलाई १ देखि लागू गर्ने भएको छ । उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो मापदण्डको शीर्षक ‘जीबी३८०३१–२०२५’ राखिएको छ ।
संशोधित मापदण्डमा केही महत्वपूर्ण सुधारहरू गरिएको छन् । यसमा ब्याट्रीको ताप सम्बन्धी परीक्षणमा परिमार्जन गरिएको छ, जसअन्तर्गत आवश्यक तापक्रम, परीक्षण अवलोकनको समय तथा सवारी परीक्षणको अवस्था अझ स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
त्यस्तै, ब्याट्रीमा पटक–पटक तीव्र चार्ज गरेपछि त्यसको सुरक्षा अवस्था जाँच गर्न नयाँ परीक्षण पनि थपिएको छ । अब ३०० पटकसम्म तीव्र चार्ज गरेपछि बाहिरी छोटो सर्किट परीक्षण गरिनेछ ।
संशोधित मापदण्डले यो नियम सवारीसाधन चलाउन प्रयोग हुने शक्ति ब्याट्रीहरूमा मात्र लागू हुने उल्लेख गरेको छ । यो कदमले विद्युत् सवारीको सुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । (सिन्ह्वा)
अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ व्यापार दूत नियुक्त

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

‘गोलकोण्डा ब्लु डायमण्ड’ ८० वर्षपछि लिलामीमा जाँदै, ७०० करोडसम्म पर्न सक्ने

जब मुस्लिम देशबाट एकैपटक डायनासोर जस्तै लोप भए हजारौँ यहूदीहरू

कैटी पेरी बनिन् अन्तरिक्ष यात्रा गर्ने पहिलो गायिका

चीनले लगायो बोइङ जेटबाट डेलिभरी र सामान खरिदमा प्रतिबन्ध

कमिलाको पनि हुन थाल्यो तस्करी, केन्यामा एउटै कमिलाको मूल्य ३० हजार बढी

प्रतिक्रिया