जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ ।
कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।
कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की र दुईवटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ ।
लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

शिक्षकले पाएनन् छ महिनादेखि तलब

उत्कृष्ट तीन कृषक पुरस्कृत

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

प्रतिक्रिया