लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको तेस्रो महाधिवेशन सकियो, नयाँ नेतृत्व चयन

काठमाडौँ- सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको तेस्रो महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ। झण्डै १ हजार ४०० प्रतिनिधिहरूको सहभागिता रहेको यस महाधिवेशनले संस्था भित्रको नेतृत्व विकाससँगै अन्तर्राष्ट्रिय स्तरका प्रतिनिधित्वका लागि महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।
महाधिवेशनले सन् २०१५र१६ मा उत्कृष्ट डिस्ट्रिक्ट गभर्नरको रूपमा विश्वभरबाट सम्मानित तथा निजी विद्यालय संगठन प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका लायन डीके ढुङ्गानालाई लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय निर्देशक पदका उम्मेदवारका रूपमा सर्वसम्मत ध्वनिमतबाट अनुमोदन गरेको छ।
महाधिवेशनकै क्रममा लायन वर्ष २०२५र२६ का लागि नयाँ नेतृत्वको पनि चयन गरिएको छ। डिस्ट्रिक्ट गभर्नर पदमा लायन नवराज सापकोटा निर्वाचित भएका छन् भने प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन प्रभाकर पण्डित र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन दिपेन्द्र खतिवडा निर्वाचित भएका छन् । नव निर्वाचित डिस्ट्रिक्ट गभर्नर सापकोटाले आगामी कार्यकालका लागि लायन डा। गङ्गा सापकोटालाई डिस्ट्रिक्ट सचिव र लायन विकास पौडेललाई डिस्ट्रिक्ट कोषाध्यक्षका रूपमा मनोनयन गरेका हुन् ।
कार्यक्रम लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर का डिस्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा लायन्स अन्तर्राष्ट्रियका पूर्व निर्देशक लायन सञ्जय खेतानको उपस्थिति रहेको थियो।
नेपालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा अन्धोपन निवारणका क्षेत्रमा लायन्स क्लबले उल्लेखनीय योगदान दिँदै आएको छ। साथै, प्राकृतिक प्रकोप र विपद्का समयमा समेत यस संस्थाको सक्रिय उपस्थिति रहेकोले सामाजिक उत्तरदायित्वमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। सौराहामा सम्पन्न तेस्रो महाधिवेशनले लायन्सको सेवा भावना, नेतृत्व विकास र अन्तर्राष्ट्रिय समन्वयको मार्गमा अझ सशक्त पाइला चालेको स्पष्ट देखिएको छ।

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

आफ्नै देश फर्किँदा विमानस्थलमा प्रहरीबाटै असुरक्षित : विमानस्थल कि दुर्व्यवहारस्थ…

लुक्लाबाट रामेछाप उडेको जहाजमा समस्या, काठमाडौँमा आकस्मिक अवतरण
नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न

यस्तो हुनेछ आजको मौसम

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

तेस्रो पटक जिब्रो छेडेर महाद्विप बोक्दै टोलटोल घुमे बोडेका २८ वर्षीय सुजन

प्रतिक्रिया