'अमेरिका–युक्रेन खनिज सम्झौता वार्ता छिटो अगाडि बढ्दै'

किभ- युक्रेनी प्राकृतिक स्रोतहरूमा अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा किभ र वासिङ्टनबीच लामो समयदेखि चलिरहेको र जटिल वार्ता द्रुत गतिमा अघि बढिरहेको एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की बीचको टेलिभिजन झडपले सम्झौतालाई अन्योलमा नपारेसम्म युक्रेन र संयुक्त राज्य अमेरिकाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण खनिजहरू निकाल्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए ।
“वार्ताहरू धेरै छिटो अगाडि बढिरहेका छन्”, वार्तासँग नजिक रहेका अधिकारीले किभमा एएफपीलाई बताए ।
ट्रम्पले उनका पूर्ववर्ती जो बाइडेनले युक्रेनलाई दिएको सहयोगको क्षतिपूर्तिका रूपमा यो सम्झौता चाहेका छन् । सम्झौताले संयुक्त राज्य अमेरिकालाई युक्रेनी खनिज स्रोत र दुर्लभ खनिजहरूको नाफामा रोयल्टी भुक्तानी दिनेछ ।
सम्झौताको नयाँ मस्यौदाले अमेरिकी सहयोगलाई युक्रेनको ऋणका रूपमा मान्यता नदिएको देखिएको स्रोतले एएफपीलाई बतायो ।
त्यो मूल्याङ्कनले ब्लुमबर्ग न्यूजको अघिल्लो रिपोर्टको प्रतिध्वनि गरेको थियो । ब्लुमबर्गले वासिङ्टनले सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेदेखि किभले सहयोग फिर्ता गर्नुपर्ने मागलाई सहज बनाएको रिपोर्ट गरेको थियो ।
अर्जेन्टिनामा रहेका अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार ‘यस हप्ता’ चाँडै सम्झौतामा हस्ताक्षर हुनसक्ने बताएका थिए । (एएफपी)

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया