‘जनार्दन शर्मा मन्त्री बन्दा न्याय पाउने आश झनै मर्यो’
काठमाडौँ : रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा हत्या गरिएका नवराज विकका बुवा मुनलाल विकले जनार्दन शर्मा मन्त्री बन्दा न्याय पाउने आश हराउँदै गएको बताएका छन् । शर्मा अर्थमन्त्री बनेपछि नवराजका बुवा विकले न्याय पाउने आश हराउँदै गएको बताएका हुन् ।
‘छोरा मारिएको एक वर्ष बितिसक्यो । हामीले न्याय पाएका छैनौ’ मुनलालले टेलिफोनमा भने, ‘छोराहरु मार्नेलाई संरक्षण गर्ने शर्मा मन्त्री बनेपछि न्याय पाउने आश हराएको हो ।’ घटना घटेको एक वर्ष बितिसक्दा पनि न्याय पाउँन नसकेको उनले सुनाए ।
गएको जेठ १० गते प्रेमिका शुष्मा मल्लसँग विवाहका लागि सोती गाउँ जाँदा नवराजसहित उनका ६ जना साथीहरुको विभत्स हत्या भएको थियो । अरु १२ जना घाइते भएका थिए । घटना घटेको एक वर्ष बितिसक्दा पक्राउ परेका केही धेरौटीमा छुटिसकेका छन् । धेरैजसो अहिले पनि थुनामा छन् ।
अदालतले पीडितलाई न्याय हुने गरी फैसला नगर्दै संरक्षक भनिएका शर्मा अर्थमन्त्री बनेपछि उनीहरू चिन्तित भएका हुन् । चौरजहारस्थित सोती गाउँमा गएको वर्ष जाजरकोटका नवराज विक लगायत ६ जना युवाहरुको हत्यामा सलंग्न भएकाहरुको संसदमै बचाउ गरेपछि उनको आलोचना भएको थियो । संघीय संसदमै त्यतिबेला शर्माले ‘दलितका कारण घटना भएको, युवाहरुले भेरीमा हाम फाल्दा डुबेर ज्यान गुमाएको’ बताएका थिए ।
मिलन परियारले फेसबुकमा लेखेका छन्, ‘उच्च जातिवादका संरक्षक जनार्दन शर्मा दोहोर्याएर मन्त्री बनेका छन । हेक्का रहोस, पश्चिम रुकुमको सोती काण्डमा सामूहिक हत्या गरिएका नवराजहरूको रगतको टाँटो भने अझै मेटिएको छैन ।’

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

२८ लाख धरौटी बुझाएर मध्यराति दुर्गा प्रसाईं छुटे

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_9i4itOWq33_dvbml0gvnjyooudwpp6xx2giud5ob03jsxbxtezb8sil34uzhozaecwllsux.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_9e10PVHV8h_ryyhbn4wci48potrstufbgcr2gk0ektbaz1sctdraffsarntsihe7aujbz44.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

प्रतिक्रिया