'गाजामा कुनै मानवीय सहायता प्रवेश गर्नेछैन'

जेरुसेलम- इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता रोक्ने बताउनुभएको छ । गाजा पट्टीमा तीव्र हवाई र भूमि आक्रमणहरू पुनः सुरु भएका छन् ।
“इजरायलको नीति स्पष्ट छ : कुनै पनि मानवीय सहायता गाजामा प्रवेश गर्दैन र यो सहायता रोक्नु हमासलाई जनताको माध्यमका रूपमा प्रयोग गर्नबाट रोक्ने मुख्य दबाब तत्वहरू मध्ये एक हो”, मार्च २ देखि सहायताको प्रवेश रोक्ने इजरायलको निर्णयपछि ठूलो मानवीय सङ्कटका बीच काट्जले एक विज्ञप्तिमा भने, “हाल गाजामा कुनै पनि मानवीय सहायतालाई अनुमति दिने कसैको योजना छैन र त्यस्तो सहायता सक्षम पार्ने कुनै तयारी छैन ।”
संयुक्त राष्ट्रसङ्घले सोमबार गाजाले सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएपछिको सबैभन्दा गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ ।
“मानवीय स्थिति अहिले सम्भवतः शत्रुता सुरु भएको १८ महिनामा सबैभन्दा खराब छ”, संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ ।
एक विज्ञप्तिमा ओसिएचएले डेढ महिनादेखि गाजामा कुनै आपूर्ति नपुगेको र चिकित्सा आपूर्ति, इन्धन, पानी र अन्य आवश्यक वस्तुहरूको अभाव रहेको बताएको छ ।
“गाजाभित्र प्रतिबन्धहरूका साथसाथै क्रसिङहरूको बन्दका कारण घट्दो आपूर्तिले उनीहरूलाई (सहायता कार्यकर्ताहरू) बाँकी भण्डारको सबैभन्दा बढी उपयोग गर्न रासन र वितरण घटाउन बाध्य गरेको छ”, ओसिएचएले भन्यो ।
इजरायलले जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौता दुई महिनापछि यसको अर्को चरणका बारेमा मतभेदका कारण टुट्न पुगेपछि प्यालेस्टिनी क्षेत्रमा आफ्नो तीव्र सैन्य आक्रमण पुनः सुरु गरेको छ ।
त्यसयता हजारौँ मानिस विस्थापित भएका छन् ।
इजरायलले गाजा पट्टीमा २४ लाख प्यालेस्टिनीका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायताको प्रवेशलाई कडाइका साथ नियन्त्रण गरेको छ । (एएफपी)
किभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त

आफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते
चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन ?

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु

अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा

'जापानसँगको व्यापार सम्झौताप्रति अत्यन्त आशावादी’

हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार

प्रतिक्रिया