कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले किन दिए सामूहिक राजीनामा ?
काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
नेपाल महिला संघ केन्द्रीय समितिले विधानअनुसार कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको भन्दै २० केन्द्रीय सदस्यले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सामूहिक राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जीता गिरी, डा सीता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बराकोटी, नवोदिता चौधरी, भगवती केसी, मीरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लीलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटुवाल र पार्वती आचार्य रहेका छन् ।
उनीहरुले पारदर्शी ढङ्गले सङ्गठनका क्रियाकलापलाई अगाडि बढाउन नसकेको र सङ्गठनको साख क्रमशः ओरालो यात्रामा लागेको भन्दै सामूहिक राजीनामा दिएका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया