दूध शुद्ध छ कि छैन ? यसरी पत्ता लगाउनुहोस्

काठमाडौँ- दूध हरेक घरपरिवारको अत्यावश्यक सामाग्री हो ।
बिहानको चिया होस्, बालबालिकाको खाजा होस् वा कुनै मिठाईको तयारी नै गर्नुपर्ने अवस्था नै किन नहोस्, दूध बिना केही पनि चल्दैन। तर, के तपाईंले कहिल्यै परिक्षण गर्नु भएको छ कि तपाईंले दैनिक पिउने दूध शुद्ध छ कि छैन ?
मिसावटको यो युगमा घरमा दैनिक आउने दुध कति स्वस्थ्यकर छ भन्ने जान्न जरुरी भइसकेको छ । यदि तपाइँ पत्ता लगाउन चाहनुहुन्छ भने तपाइँले केही सरल तरिकाबाट नै थाहा पाउन सक्नु हुन्छ । उसो भए, आउनुहोस् र थाहा पाउनुहोस् कि मिसावट दूध कसरी चिन्ने ?
आजकल दूधमा पानी, स्टार्च, डिटर्जेन्ट, युरिया, सिन्थेटिक दूध जस्ता वस्तुमा मिसावट हुने गरेको छ । यी मिसावटहरूले दूधको पौष्टिकतालाई नष्ट गर्ने मात्र होइन, लामो समयसम्म सेवन गर्दा स्वास्थ्यमा पनि गम्भीर हानि पुर्याउने गर्दछ । यस प्रकारको दूध सेवन गर्दा विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाका लागि घातक हुन सक्छ।
चिल्लो सतहद्वारा पहिचान
कुनै रसायन वा प्रयोगशाला परीक्षण बिना नै दूध शुद्ध छ वा छैन थाहा पाउन सकिन्छ। यसका लागि तपाईलाई चाहिने भनेको चिल्लो सतह हो, जस्तै स्टिल प्लेट वा सिसाको टुक्रा । यस पछि सतहमा दूधको केही थोपा छोड्नुहोस्। थोपाहरू कसरी बग्छन् ध्यान दिनुहोस्। यदि दूध बिस्तारै बग्छ र बाक्लो सेतो धार छोड्छ भने, दूध शुद्ध हुन्छ। यदि दूध छिट्टै बग्छ र रेखा बन्दैन भने यो पानी वा अन्य चीजहरूमा मिसावट भएको ठम्याइ गर्नुहोस्।
स्टार्च मिसावटमा आयोडिन परीक्षण
दूधमा स्टार्च मिसावटको लागि आयोडिन परीक्षण गर्न सक्नुहुन्छ । यसका लागि दूधमा आयोडिनको केही थोपा मिसाउनुहोस्। यदि दूधको रंग नीलो भयो भने यसमा स्टार्च थपिएको छ भन्ने बुझ्न सकिनेछ ।
सिंथेटिक दूधको लागि फोम परीक्षण
यो परीक्षण गर्न बोतलमा दूध राख्नुहोस् र त्यसपछि यसलाई मज्जाले हल्लाउनुहोस्। यदि आवश्यक भन्दा बढी फोम बन्यो भने बुझ्नु होस कि यो सिंथेटिक दूध हुन सक्छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया