भारतमा प्रत्येक दिन औसत ५२ गर्भवतीको मृत्यु

काठमाडौँ- सन् २०२३ मा करिब २.६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो ।
यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकजस्ता राष्ट्रसंघीय निकायको प्रतिवेदनमा यो तथ्यांक बाहिर आएको हो ।
भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था वा सुत्केरीको समयमा मृत्यु भएको देखिएको छ । यसको मतलब गर्भावस्था सम्बन्धी जटिलताको कारणले गर्दा हरेक दिन औसत ५२ महिलाको मृत्यु हुने गरेको छ ।
धेरैजसो अवस्थामा मधुमेह र हृदय रोगजस्ता दीर्घकालीन रोगहरूको कारण गर्भवती महिलाको मृत्यु भएको छ । कतिपय अवस्थामा सरसफाइको अभाव र संक्रमणका कारण मृत्यु हुने गरेको छ।
विश्वको आधा मातृ मृत्यु मात्र ४ देशमा हुने गरेको छ । विश्वमा हरेक वर्ष हुने कुल मातृ मृत्युमध्ये आधा नाइजेरिया, भारत, कङ्गो र पाकिस्तान गरी चार देशमा मात्र हुने गरेको छ । यसमा पनि नाइजेरियामा सबैभन्दा बढी १९ हजारको मृत्यु भएको छ । भारत यस मामिलामा दोस्रो स्थानमा छ, जहाँ बार्षिक १९ हजारको ज्यान गएको छ भने कंगो १८ हजार र पाकिस्तानमा ११ हजारको ज्यान गएको छ ।
सन् २००० देखि २०२३ सम्म विश्वभर मातृ मृत्युमा ४० प्रतिशतले कमी आएको छ। यसको मुख्य कारण यस अवधिमा स्वास्थ्य सेवाको पहुँच बढेको र गुणस्तरमा सुधार आएर जनाइएको छ ।

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उड्न सकेनन् लडाकु विमान

बौद्ध अवशेषको दुर्लभ प्रदर्शनका लागि श्रीलङ्कालीहरू क्यान्डीमा भेला
किभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त

आफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते
चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन ?

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु

प्रतिक्रिया