केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

काठमाडौँ- नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरूले आफ्नो हालैको वीरगञ्ज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रालिको कारखानाको अवलोकन गरका छन् । उनलाई केएनपी जापान प्रालिका निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रवन्धक प्रवीण जाधवलगायत कारखानाका कर्मचारीहरूद्वारा स्वागत गरिएको छ ।
राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रीय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
राजदूत मायदा तोरूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारूकता साथ गर्ने कुरामा आशा व्यक्त गरे । उनले हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने बताए ।
यसअघि पनि दुई जना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रालिमा भएको थियो।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा, गभर्नर बन्दै

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

सुन तोलाको १ लाख ९० हजार नाघ्यो

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया