गाजामा भएको इजरायली हमलामा २५ जनाको मृत्यु

गाजा- इजरायलले बिहिबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तिमा २५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले रिपोर्ट गरेको छ ।
एजेन्सीका प्रवक्ता महमुद बासलले दक्षिणी सहर खान युनूसको अल–मवासी क्षेत्रका शिविरहरुलाई लक्षित गरी गरिएको आक्रमणमा १६ जनाको मृत्यु भएको बताएका छन् ।
“खान युनूसको अल–मवासी क्षेत्रमा विस्थापित परिवारहरू बस्ने शिविरहरुमा इजरायली मिसाइल प्रहार हुदाँ अधिकांश महिला र बालबालिका सहित कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएको प्रवक्ता बासलले बताएका छन् ।
उहाँका अनुसार विस्थापित मानिसहरूको अन्य शिविरहरूमा भएको आक्रमणमा परी आठ जनाको ज्यान गएको् र अन्य घाइते भएका छन् ।
उत्तरी सहर बेत लाहिया स्थित शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको तथा अल–मवासी क्षेत्र नजिकै भएको आक्रमणमा उक्त शिविरमा बस्दै आएका बुबा र बच्चाको मृत्यु भएको बासलले बताएका छन् । (एएफपी)

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया