काठमाडौँ महानगरले हटायो कवाडी संकलन केन्द्र

काठमाडौँ- यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ । कामपा–३२ मा पर्ने उक्त कवाडी सङ्कलन केन्द्र हटानको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा आज डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए ।
उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी सङ्कलन केन्द्र हटाएर हो । “आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो”, उपरीक्षक अर्यालले भने ।
उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी सङ्कलन केन्द्रका दुई मजदुरहरुले डोजरलाई ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए । स्थानीयले बालबालिको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए ।

प्रधानमन्त्रीकै अगाडि रेनुले भनिन्- विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक…

६ लेनको सडक उद्घाटनमा पुगिन् मेयर रेणु

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै

भीमफेदीमा गुडिरहेको कारमा आगलागी

प्रतिक्रिया