मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–३ कवासेका १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौँडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किँदा लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलमा सवार २० वर्षीय सुशान आले र सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ गम्भीर घाइते भएका छन् । घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_1yUQF550jl_rz0v7yu68lmbtjhe5ziwuizacci5qfnmln5tyotcorozp1rvhne8qgrr29dy.jpg)
संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

७ सय फरार प्रतिवादी पक्राउको सूचीमा

तनहुँमा सम्झौता म्याद अगावै कालोपत्र सकियो

खोल्साको टिम्मुरबाट आम्दानी

प्रतिक्रिया