बालकोट पुगेर ओलीले भने : माधव नेपालको कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री निवासबाट आफ्नै निवास बालकोट सरेका छन् । उनलाई पार्टीका भ्रातृ संस्थाका युवाहरुले स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोट पुर्याएका थिए ।
बालकोटको घरमा पुगेर ओलीले त्यहाँ उपस्थित सबैलाई सम्बोधन गर्दै माधवकुमार नेपालमाथि आक्रोश पनि पोखे । ‘पार्टीभित्र घुसपैठ यस्तो भयो, पार्टीका कुतत्वहरू प्रतिक्रियावादीका पछिपछि लागेर पार्टीविरुद्ध, जनताको शक्तिविरुद्ध, लोकतन्त्रविरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर गए’ ओलीले भने ।
ओलीले माधवकुमार नेपाललाई लाज सरम हराएका व्यक्ति भनेर टिप्पणी गरे । ‘माधव नेपालजस्ता लाज सरम हराएका । उनको पछाडि लाग्ने केही व्यक्तिहरु छन्,’ ओलीले भने, ‘पछाडि लाग्नेहरूले कमीकमजोरी महसुस गर्दै पार्टीमा आएर काम गर्न चाहे मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’
एमालेकै माधवकुमार नेपाल समूहका २३ सांसदले अदालतमै उपस्थित भएर देउवाको पक्षमा हस्ताक्षर बुझाएका थिए । अहिले एमालेमा पार्टी एकताको लागि प्रयास भए पनि ओलीले आज माधवकुमार नेपालमाथि देखाएको आक्रोशले पनि एमालेमा एकताको सम्भावना न्यून देखिन्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया