म्याक्रोँले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग बिहीबार पेरिसमा भेटवार्ता गर्ने भएको छ ।
युक्रेनीसेना प्रमुखले बिहीबार युक्रेनका उच्च अधिकारीहरू पनि युरोपेली सङ्घ र अमेरिकी प्रतिनिधिमण्डललाई भेट्न फ्रान्सको राजधानी पेरिसमा रहेको बताएका थिए ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अमेरिकी राजदूत स्टिभ विटकोफले युद्ध चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि युद्धविरामकोको प्रयासले सफलता नपाएपछि अमेरिकी अधिकारीहरू फ्रान्सको राजधानी पेरिसमा आइपुगेका हुन् ।
युक्रेनको सुमी र क्रिभी रिग सहरमा हालै भएको रुसको हवाई आक्रमणमा थुप्रै बालबालिकासहित दर्जनौँ व्यक्तिको मृत्यु भएको छ र यसले कूटनीतिक प्रयासको शृङ्खलाका बावजुद युद्धले कसरी ठूलो क्षति व्यहोरिरहेको छ भन्ने देखाउँछ ।
युक्रेनको डेनिप्रो शहरमा बुधबार राति भएको रुसी ड्रोन आक्रमणमा एक बालिकासहित तीन जनाको मृत्यु भएको थियो ।
ट्रम्पले रुससँग प्रत्यक्ष वार्ताका लागि देखाएको तत्परताका कारण यस पहिले अमेरिकाका निकट सहयोगीका रूपमा रहेका कतिपय पश्चिमा राष्ट्रहरू चकित भएका थिए । म्याक्रोँले युक्रेनको रक्षाका लागि समन्वित युरोपेली प्रतिक्रिया सिर्जना गर्न नेतृत्व लिएका छन् ।
युक्रेनका सेना प्रमुख एन्ड्री येर्माकले आफू विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्तम उमरोभ फ्रान्स, जर्मनी, बेलायत र संयुक्त राज्य अमेरिकालाई भेट्न पेरिस पुगेको बताएका छन् ।
फ्रान्सका एक कूटनीतिक स्रोतका अनुसार यसअघि रुबियो र फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोटबीच युक्रेनको युद्ध, मध्यपूर्वको अवस्था र इरानी आणविक फाइलबारे छलफल हुने बताइएको थियो ।
पदभार ग्रहण गरेयता रुबियोको यो तेस्रो युरोप भ्रमण हो ।
पुटिनसँगको तेस्रो भेटको केही दिनपछि सोमबार विटकोफले शान्ति सम्झौता ‘उदीयमान’ भएको देखेको बताएका थिए ।
तेहरानको आणविक कार्यक्रमबारे अमेरिका र इरानबीच शनिबार ओमानमा भएको छलफलपछि पेरिस वार्ता भएको हो ।
अर्को चरणको खेल अप्रिल १९ मा ओमानमा हुनेछ ।
फ्रान्सका रक्षामन्त्री सेबास्टियन लेकोर्नू बिहीबार वासिङ्टन जाने कार्यक्रम छ ।
उनले युक्रेन, इरान र गाजालगायत विभिन्न विषयमा वार्ताका लागि अमेरिकी रक्षामन्त्री पिट हेगसेठसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले नेसनल इन्टेलिजेन्सका निर्देशक तुलसी गबार्ड र ट्रम्पका युक्रेन दूत किथ केलगसँग पनि वार्ता गर्ने अपेक्षा गरिएको थियो । (एएफपी)

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उड्न सकेनन् लडाकु विमान

बौद्ध अवशेषको दुर्लभ प्रदर्शनका लागि श्रीलङ्कालीहरू क्यान्डीमा भेला
किभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त

प्रतिक्रिया