जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो- जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।
मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो बर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत बर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो ।
सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन गरिएयताको उच्चतम स्तरमा रहेको छ।
संयुक्त राज्य अमेरिकाको व्यक्तिगत कम्प्युटर र चीनबाट आएको स्मार्टफोनका कारण आयातको मूल्य एक वर्ष अघिको तुलनामा ४.७ प्रतिशतले वृद्धि भई ११४.१६ ट्रिलियन येन पुगेको अर्थ मन्त्रालयले प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
जापानले चीनसँग ७.०५ ट्रिलियन येनको व्यापार घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.७ प्रतिशतले बढी हो । जापानको चीनतर्फ निर्यात ३.४ प्रतिशतले वृद्धि भई १८.८९ ट्रिलियन येन पुगेको छ भने आयात ७.१ प्रतिशतले बढेर २५.९४ ट्रिलियन येन पुगेको छ ।
संयुक्त राज्य अमेरिकासँग जापानको व्यापार अधिशेष १.३ प्रतिशतले घटेर ९.०१ ट्रिलियन येनमा झरेको छ। यो अघिल्लो वर्षको तुलनामा निर्यात ३.८ प्रतिशतले वृद्धि भई २१.६५ ट्रिलियन येन पुगेको छ र यसबाट आयात पनि ७.७ प्रतिशतले बढेर १२.६४ ट्रिलियन येन पुगेको छ।
युरोपेली सङ्घसँगको व्यापारमा जापान लगातार १३ औं वर्ष घाटामा रह्यो । गत बर्ष जापानको इयूसँगको घाटा २.५३ ट्रिलियन येन रहेको बताइएको छ । (सिन्ह्वा)

क्रेडिट सुइसको जरिवाना घटाइयो

भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजबाट सुरू

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

विगत एक दशकमा वैदेशिक रोजगारबाट श्रीलङ्कामा उल्लेखनीय आम्दानी

किन अमेरिका युनेस्कोबाट बहिर्गमन गर्दैछ ?

हिरासतमा लिइएका बेलायती दम्पतीको उपचार भइरहेको तालिबानको दाबी

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

प्रतिक्रिया