सुडानको अल–फासेरमा झडप, ५७ जनाको मृत्यु

पोर्ट सुडान (सुडान)- सुडानका अर्धसैनिक र नियमित सेनाबीचको झडपमा घेराबन्दी गरिएको एल–फासेरको डार्फर सहरमा कम्तीमा ५७ नागरिकको मृत्यु भएको एक चिकित्सा स्रोत र एक स्वयंसेवी सहायता समूहले बिहीबार बताएका छन् ।
स्थानीय प्रतिरोध समिति, एक स्वयंसेवक सहायता समूहले सन् २०२३ अप्रिलदेखि सेनासँगको युद्धमा अर्धसैनिक र्यापिड फोर्सेस (आरएसएफ) ले बुधबार सहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेर र नजिकैको विस्थापन शिविरहरूमा भएको आक्रमणमा आरएसएफले चार सयभन्दा बढीको ज्यान लिएको केही दिनपछि हिंसा भएको हो ।
लगभग एक वर्षदेखि आरएसएफले घेरा हालेको उत्तरी डार्फरको एल–फासेर अन्तिम प्रमुख सहरी गढ हो जुन अझै पनि सेनाको नियन्त्रणमा छ र आरएसएफका लागि रणनीतिक लक्ष्य हो ।
गत महिना सेनाले राजधानी खार्तुमलाई पुनः कब्जा गरेपछि आरएसएफले डार्फर सहरमा आक्रमण बढाएको छ ।
मङ्गलबार तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड ३० लाख विस्थापित भएका छन् र संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको रूपमा वर्णन गरेको छ ।
यसले देशलाई पनि दुई भागमा विभाजित गरेको छ । सेनाले मध्य, उत्तर र पूर्वमा कब्जा गरेको छ भने आरएसएफले लगभग सबै डार्फर र यसका सहयोगीहरूसँग दक्षिणका केही भाग नियन्त्रण गर्दछ । (एएफपी)

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

गाजामा इजरायली हवाई आक्रमण : चालिस भन्दा बढीको मृत्यु

स्वतन्त्र व्यापार सम्झौतामा युरोपेली संघ र इन्डोनेशियाबीच ऐतिहासिक सहमति

प्रतिक्रिया