मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै

दमौली (तनहुँ)- मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ ।
व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।
पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ ।
पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ ।

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन
%2520(1)_bd3iw7MdjV_f0dy8dht7wtmvreqmctf901vxatbdq2wqnsx86zmqutqd6t9hznpldjsjejw_tjjf0PeRUx_9ika9rxjp8qy3n5lmmlmekodtanonktzydlu7nv4k5t6d78zancuisllyt3q.jpg)
धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

मर्स्याङ्दी नदीमा बालिकाको शव फेला

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !

प्रतिक्रिया