शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

सुनको मूल्य ८ सय रूपैयाँले घट्‌यो

काठमाडौँ- सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । 

जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार बिहीबार झै आज पनि चाँदी प्रति तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।