विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी

विराटनगर- नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली समूह बढारिएको छ ।
गएराती भएको निर्वाचनमा ओली समूहका उम्मेदवार रोहित कोइरालालाई पराजित गर्दै बलराम गिरी नवीनको प्यानल नै विजयी भएको हो ।
सो निर्वाचनमा १७३ मतका साथ संस्थापन इत्तरका गिरी १७३ मतका साथ अध्यक्षमा विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मतमा सिमित भएका छन् । गिरीलाई संस्थापन इत्तरका विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो ।
सदस्यहरू सर्वसम्मत निर्वाचित भए पनि अधिवेशनमा ओली समूह संस्थापन समूहबाट एक जना पनि पदाधिकारीमा निर्वाचित हुन नसकेको विराटनगर एमालेका एक नेताले बताए ।
जसअनुसार उपाध्यक्षमा ढकाल पक्षका सुरज न्यौपाने १४५ मतका साथ विजयी हुँदा ओली समूहका राम पोखरेल भने १३६ मतमा सिमित भएका थिए । सचिवमा विज्ञान चापागाईंले १८३ मत ल्याउँदा ओली समूहका नवराज काफ्लेले १०४ मत पाए ।
उता ओली समूहका उपसचिव उम्मेदवार चन्द्र शेखर विश्वासले ९८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी झन्डै दोब्बर अर्थात १७८ मतका साथ हमिद आजाद विजयी भएका थिए ।
साथै ओली समूहका कला डाँगीले १११ मत मात्रै पाउँदा संस्थापन इत्तरका हिमा मैनाली पोखरेल १६९ मत ल्याएर विजयी भइन् ।
सदस्य भने सर्वसम्मत रूपमा चयन गरिएको थियो । यसअघि मोरङ जिल्ला कमिटीमा पनि ओली समूहका उम्मेदवार पराजित गर्दै ढकाल समुहले वर्चश्व मारेको थियो ।
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी
कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले किन दिए सामूहिक राजीनामा ?
रास्वपाको केन्द्रीय समिति बैठक आज

प्रतिक्रिया