आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

काठमाडौं-एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउँछन् । एनसेल एप ग्राहकहरुको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो ।

एनसेल एपमार्फत रु. १०० देखि रु. २०० सम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त गर्दछन् । यस्तै, रु. २०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइन्छ ।

स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू हुँदैन । यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । यसका साथै ग्राहकहरुले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरि त्यसको फाइदा लिन सक्छन् ।

ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउँछ, जसले गर्दा यो एक नभई नहुने सेल्फ केयर टुलको रूपमा स्थापित भएको छ । एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याकहरु, सधैं अन रिन्यूअल प्याकहरु लिन, अन लाइन रिचार्ज गर्न सक्छन्, आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्छन्, डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् ।

साथै ग्राहकले प्याकहरु उपहारको रूपमा पठाउन सक्छन्, र अरू धेरै सुविधाहरू उपयोग गर्न सक्छन् । अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवाहरू समावेश छन् ।

विभिन्न उदेश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरुका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो, जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न,प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्दछ । एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाहरूको लाभ लिन सक्छन् ।

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया” को उपाधि

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव पनि

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन