सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि नचिन्ने कस्ता मान्छे हुन् ?
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_IAm3JJTPDW_ra07dnksne7ud5mpqxwkc6njlruzyiwi8cdac6kog9e7h4s9a1zwigpixk89.jpg)
सुर्खेत- बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा गोली चलाएको आरोप लगाएको छ ।
सशस्त्र प्रहरीको थाप्लेमा आयोजना गरिएको भोज सकेर राती आमन्त्रित पाहुना फर्केने क्रममा गोली चलाएको आरोप लागेको हो ।
नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको व्यारेकमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । प्रजिअ मंग्राती फोन मुस्किलले उठे पनि बैठकमा भएको भन्दै अरु व्यक्तिलाई फोन उठाउन दिइएको छ ।
नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले पटका पड्काएको जवाफ दिए ।
स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारीदेखि सबै सुरक्षा अंगको टिम सशस्त्रको व्यारेकमा सहभागी थिए । भोजको कार्यक्रम पुरा भएपछि सबै फर्कँदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।
चन्दननाथ दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी दिपक केसीले आफ्नो विदाईमा पटका पड्काएको बताए । पटका र हतियार पड्काएको थाहा नपाउने कस्तो खालको जनता हो भन्दै उनले उल्टै प्रश्न गरे ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया