प्रधानमन्त्रीकै अगाडि रेनुले भनिन्- विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक बनाउन महानगरको ठूलो योगदान छ

भरतपुर- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन् ।
शुक्रबार पुलचोक– गोन्द्राङ ६ लेन सडकको उद्घाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताएकी छिन् ।
‘सडक विस्तारका क्रममा धेरै अवरोध आएको थियो, त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेका कारण यो सडक सफल रूपमा सम्पन्न भयो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले भरतपुरको ‘डेभलोपमेन्ट आइकन’ ६ लेनको सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यो सडक बनाउन महानगरको ठूलो योगदान रहेको बताइन् ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया