तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्रधानमन्त्री सिंह

चितवन- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन्
पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ- पुल्चोक सडक खण्डको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताए ।
सडक बने लगत्तै ढल, खानेपानीको पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागस पनि युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा सिंहको जोड दिए ।
`खासकुरा शहरको बीचमा बाटो बनाउँदा युटिलिटी करिडोरको अवधारणालाई अब हामी हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ लगत्तै ढल, पाइपलाइन, फाइबर बिछ्याउन भत्काइन्छ´ उनले भने, `जसले गर्दा जनतामा बाटो बनेपनि भत्किहाल्छ भन्ने परेको छ । यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनैपर्छ । ´
त्यस्तै उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणतर्फ जोड दिइरहेको बताए ।
व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।
`राम्रो काम होस् भन्ने जनताको चाहना छ, त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनुछ । डेलिभरी हुनुपर्यो भन्ने आम जनताको चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ´ उनले भने।
त्यस्तै उनले संघीयताको भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणको काम गर्ने रहेको बताए । जनताले चाहेको आयोजना तीन तहको सरकारको संयोजनमा अघि बढाउँदा सफल हुने रहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ-पुल्चोक सडक खण्ड बनेको पनि सिंहले प्रष्ट पारे ।
उनले सडक विस्तारसँगै गतिशिलता बढ्ने र त्यसले आर्थीक गतिविधिवृद्धिसँगै पूर्वाधार निर्माण सहज बनाउने बताए ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया