टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

बारा- टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
महेन्द्र राजमार्गस्थित पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ भुईँपुल नजिकै टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किएको थियो।
उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरियन बस्ने ४६ वर्षीय नारायणहरि शर्माको मृत्यु भएको हो।
मृत्यु भएका कार चालकको हालसम्म परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुशवाहाले जानकारी दिए।
दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि निजगढ नगरपालिकास्थित अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा दुवै जनाको मृत्यु भइसकेको अस्पताल प्रशासनले जनाएको छ।
दुर्घटनापछि टिपर चालक फरार रहेका छन्। उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया