गण्डकीमा एमालेको बहिस्कारबीच बजेट पारित

काठमाडौँ : पोखरा मार्सल लगाएर गण्डकीमा आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । सभामुख नेत्रनाथ अधिकारीले मार्सल लगाएर विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका थिए । सभामुखले मार्सल लगाएर अघि बढेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले सदन बहिस्कार गरेका छन् ।
‘सभामुखले एक्लै सदन चलाउनु भएको छ, हामीले सदन छाडिदिएका छौ,’ एमाले सांसद धनञ्जय दवाडीले भने । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि सदन अवरोध गरेको थियो । बहुवर्षीय योजनाहरू, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिएको भन्दै बजेटमाथिको छलफलमा अवरोध भएको थियो । स्थानीय तहको केन्द्र जोड्ने सडक, एक घर एक धारा, उज्यालो गण्डकी प्रदेश जस्ता कार्यक्रम नसमेटिएको भन्दै एमालेले सदन अवरोध गरेको थियो ।
‘आज बजेट छैन भन्ने अनि १ लाखदेखि ३० लाखसम्मका ६३० योजना थपिएका छन्, १२ देखि २० लाखसम्म २३६ योजना थपिएका छन्, २५ देखि ३० लाखसम्म १३० योजना थपिएका छन्,’ सदनमा बोल्दै एमाले सांसद रामशरण बस्नेतले बताए । बजेटको न्यायोचित वितरण नभएको एमालेको आरोप छ ।
‘२ निर्वाचन क्षेत्र भएको जिल्लालाई ९३ वटा छ । पाँच वटा एउटा जिल्लालाई छ । ती ५ योजना पनि ३० लाखका छैनन् । एक योजना २० लाखको छ, ४ योजना १ देखि १० लाखका छन् । त्यो जिल्ला मुस्ताङ हो, मुस्ताङका जनताले यो सरकारको के बिगारिदिएका छन् ?,’ बस्नेतले भनेका छन् ।
म्याग्दी, लमजुङमा पनि योजनाका संख्या घटाइएको र न्यायोचित वितरणमा ध्यान दिनुपर्ने बस्नेतले बताए । रातो किताब सच्याउन उनले आग्रह गरे । ‘कालो कोठामा बसेर षडयन्त्रपूर्ण रुपमा ल्याइएको बजेटलाई स्वीकार गर्न सक्दैनौं । एक लाखले एउटा बाटो बनाएर के परिणाम आउँछ ?,’ उनले भने, ‘एउटा जिल्लामा ५ योजना वितरण भएको छ । एउटा वार्डमा ९ वटा योजना वितरण भएको छ । यही हो न्यायोचित रु यही हो गठबन्धनले देखाएको हर्कत ?’ बजेट पुर्नविचार हुनुपर्ने र मुख्यमन्त्रीलाई गराएको ध्यानाकर्षणको जवाफ नपाएसम्म सदन चल्न नदिने बस्नेतले बताए । एमालेले आज मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण गराएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया